दसैं मनाउन क्वालालम्पुरबाट फर्किने लर्को, मलेसिया एयरलाइन्सको उडान वाइडबडी जहाजमा

बिजमाण्डू
२०८१ असोज २१ गते १३:२४ | Oct 7, 2024
दसैं मनाउन क्वालालम्पुरबाट फर्किने लर्को, मलेसिया एयरलाइन्सको उडान वाइडबडी जहाजमा

काठमाडौं। दसैं मनाउनका लागि नेपाल फर्किनेको लर्को लागेपछि मलेसिया एयरलाइन्सले काठमाडौंमा न्यारोबडीको साटो वाइडबबडी जहाज उडान थालेको छ।

Tata
GBIME

कम्पनीले यात्रुको चाप बढेका कारण गत शुक्रबारदेखि क्वालालम्पुरबाट काठमाडौंमा वाइडबडी जहाजमार्फत नियमित व्यावसायिक उडान गर्दै आएको हो।

एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट प्रेसिडेन्ट ट्राभलले चाडबाड मनाउन फर्किने नेपाली युवाहरुको चापका कारण वाइडबडी जहाजमार्फत सेवा दिन थालेको बताएको छ। वाइडबडी जहाजको उडान ५ दिनका लागि हो।

एयरलाइन्सले अहिले सातामा १० वटा उडान गर्दै आएको छ।