काठमाडौं। दसैं मनाउनका लागि नेपाल फर्किनेको लर्को लागेपछि मलेसिया एयरलाइन्सले काठमाडौंमा न्यारोबडीको साटो वाइडबबडी जहाज उडान थालेको छ।
कम्पनीले यात्रुको चाप बढेका कारण गत शुक्रबारदेखि क्वालालम्पुरबाट काठमाडौंमा वाइडबडी जहाजमार्फत नियमित व्यावसायिक उडान गर्दै आएको हो।
एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट प्रेसिडेन्ट ट्राभलले चाडबाड मनाउन फर्किने नेपाली युवाहरुको चापका कारण वाइडबडी जहाजमार्फत सेवा दिन थालेको बताएको छ। वाइडबडी जहाजको उडान ५ दिनका लागि हो।
एयरलाइन्सले अहिले सातामा १० वटा उडान गर्दै आएको छ।