
काठमाडौं । बिहीबार घटस्थापना। बजारलाई अहिले दसैंको माहोलले छोपिसकेको छ। दसैंमा धेरैको चासो हिमाली भेगबाट च्याङ्ग्रामा हुन्छ।
दसैं संघारमा रहँदा आज काठमाडौंमा निजी क्षेत्रले खरिद गरेको च्याङ्ग्राको पहिलो लट आइपुगेको छ। खसीबजारमा च्याङ्ग्रा ल्याइपुर्याइएको हो।



मुस्ताङबाट गत आइतबार ५ हजार च्याङग्रा सिफारिस लिएर हिँडाइएको थियो। त्यसमध्ये पहिलो लट काठमाडौं आइपुगेको हो।
आजबाटै च्याङ्ग्राको बिक्री सुरु भइसकेको छ। च्याङ्ग्राको मूल्य प्रतिकेजी १२५० देखि १३०० रुपैयाँ रहेको छ।


यस वर्ष करिब ५ हजारको हाराहारीमा च्याङ्ग्रा ल्याउने तयारी निजी क्षेत्रका व्यवसायीको छ।






