अभ्यास खेलमा नेपाली क्रिकेट टोली श्रीलंका डेभलपमेन्ट टोलीसँग ५ विकेटले पराजित

बिजमाण्डू
२०८१ भदौ २१ गते १६:४९ | Sep 6, 2024
अभ्यास खेलमा नेपाली क्रिकेट टोली श्रीलंका डेभलपमेन्ट टोलीसँग ५ विकेटले पराजित
सोमपाल कामी। फाइल फोटो आईसीसी।


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका डेभलपमेन्ट टोलीसँग पराजित भएको छ। क्यानडामा हुने क्रिकेट विश्वकप लिग-२ को सिरिजको तयारीस्वरुप अभ्यास खेल खेल्न श्रीलंका पुगेको नेपाली टोली घरेलु डेभलपमेन्ट टोलीसँग ५ विकेटले पराजित भएको हो।

Tata
GBIME

नियमित कप्तान रोहितकुमार पौडेललगायत दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने लगायतका महत्त्वपूर्ण खेलाडीको अनुपस्थितिमा नेपाल सोमपाल कामीको कप्तानीमा उत्रिएको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४० ओभरमा अलआउट हुँदै १५९ रनमा समेटिएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाउँदा कुशल मल्लले ३५, आरिफ शेखले २० तथा करण केसीले १५ रन बनाए।

बलिङतर्फ श्रीलंकाका सङकेथले सर्वाधिक ४ विकेट लिँदा थानुका दबारेले २ तथा धनञ्जय लक्षन, चामिन्दु विजसिंगा र असेन ड्यानियलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका डेभलपमेन्ट टोलीले ५ विकेट गुमाएर २६.५ ओभरमा लक्ष्य भेट्टायो। यसक्रममा क्रिसन सञ्जुलाले सर्वाधिक ६८ रन बनाउँदा असेन बान्दराले ३४ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र गुल्सन झाले समान २ विकेट लिँदा ललित नारायण राजवंशीले समान १ विकेट लिए।