मानुषी लघुवित्त मर्जरकाे दाेस्रो प्रयासमा‚ साधारण सभाद्वारा सञ्चालक समितिलाई अख्तियारी

बिजमाण्डू
२०८१ भदौ ८ गते १२:५७ | Aug 24, 2024
मानुषी लघुवित्त मर्जरकाे दाेस्रो प्रयासमा‚ साधारण सभाद्वारा सञ्चालक समितिलाई अख्तियारी


काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले उपयुक्त संस्थासँग मर्जरको दोस्रो प्रयास गर्ने भएको छ। यसका लागि सञ्चालक समितिले अख्तियारी पाएको छ। शुक्रबार सम्पन्न विशेष साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको हो।

Tata
GBIME
NLIC

सभाको मुख्य एजेन्डा डिमर्ज थियो। सभामा प्रस्तुत गरिएको सृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। संस्थाले सृजनशील लघुवित्तसँग मर्जरमा जान अघिल्लो आर्थिक वर्ष नै सबै प्रक्रिया पुरा गरेको थियो। विशेष कारणवस उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराइएको थियो।

संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यसो गरिएको संस्थाकी कार्यकारी प्रमुखले बताइन्। मर्जरको उक्त योजना कार्यान्वयन हुन नसकेपछि अर्को उपयुक्त लघुवित्त खोजी गरी मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो। काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा छन्। संस्थाको सेयर पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ।