अधिकांश बैंकले घटाए निक्षेपको ब्याज : ८ वटाको स्थिर, कुन बैंकको कति ?

बिजमाण्डू
२०८१ साउन ३२ गते ०९:१० | Aug 16, 2024
अधिकांश बैंकले घटाए निक्षेपको ब्याज : ८ वटाको स्थिर, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले औसत ०‍.१९ प्रतिशतले निक्षेपको ब्याजदर घटाएका छन्। २०८१ साउनमा ६.७३ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर ०.१९ प्रतिशतले घटेर भदौका लागि ६.५४ प्रतिशतमा झारिएको हो।

Tata
GBIME
NLIC

आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग बढ्न नसकेपछि गत असाज देखि बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्। निक्षेप थुप्रिदा कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले ब्याजदर घटाएका हुन्।

भदौ १ गतेदेखि लागू हुने गरि सार्वजनिक गरिएको ब्याजदर अनुसार संचालनमा रहेका २० मध्ये ११ बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।

प्राइम कमर्सियल बैंकले निक्षेपको ब्याजदर बढाएको छ। ८ वटा बैंकले भने ब्याज दर स्थिर नै राखेका छन्।

माछापुच्छ्रे, कुमारी, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चाटर्ड, नबिल, ग्लोबल आइएमई, सिटिजन र नेपाल बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका हुन्।

भदौका लागि हिमालयन, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, एनएमबि, सानिमा, प्रभु, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।

भदाैमा मुद्दती निक्षेप सबैभन्दा बढी ब्याजदर एनआइसी एशिया र कम नेपाल बै‌कले दिइरहेको छ। एनआइसी एशियाले मुद्दती निक्षेप अधिकतम ७.४१ प्रतिशत ब्याजदर कायम गरेको छ। नेपाल बै‌कले ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।

तथ्यांकमा बैंकको ब्याजदर

बैंक२०८१ भदाै२०८१ साउन२०८१ असार२०८१ जेठ
प्राइम कमर्सियल६.७५६.५६.७५
माछापुच्छ्रे७.५७.२५
नेपाल एसबिआइ६.२५६.३६.३६.३९
कुमारी६.७१६.७१६.७६७.२६
कृषि विकास बैंक६.०६६.२९५.६६५.६६
प्रभु६.१७.५७.५
सानिमा६.२६.४६.८६.९
एनएमबि७.४१७.५३७.६९७.८
लक्ष्मी सनराइज६.५६.५६.५
एनआइसी एसिया७.४१७.५३७.६९७.८
राष्ट्रिय वाणिज्य बैंक६.०७६.२१६.२२६.२२
नबिल बैंक७.७५
ग्लोबल आइएमई६.२५६.२५६.५७.५
स्ट्यान्डर्ड चार्टर्ड
नेपाल बैंक५.२५६.२५६.७५६.७५
एभरेष्ट६.१६.३५.७५६.५
नेपाल इन्भेष्टमेन्ट६.५
सिटिजन्स्६.७५६.७५६.९
सिद्धार्थ६.५६.७५
हिमालयन७.५८.२५७.५
औसत६.५४६.७३६.८७७.०६