सानिमा बैंकका ग्राहकले कुरिनटारस्थित रिभरसाइड स्प्रिङ रिसोर्टमा १० प्रतिशत छुट पाउने

बिजमाण्डू
२०८१ साउन ३० गते १३:३७ | Aug 14, 2024
सानिमा बैंकका ग्राहकले कुरिनटारस्थित रिभरसाइड स्प्रिङ रिसोर्टमा १० प्रतिशत छुट पाउने


काठमाडौं। सानिमा बैंकले चितवनको कुरिनटारस्थित रिभरसाइड स्प्रिङ रिसोर्ट प्रालिसँग छुटका लागि सम्झौता गरेको छ।

Tata
GBIME
NLIC

सम्झौताअन्तर्गत सानिमा बैंकका ग्राहकले रिसोर्टका विभिन्‍न सेवामा १० प्रतिशत छुट पाउने छन्।

छुट पाउनका लागि बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड अथवा मोबाइल बैंकिङ एममार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ। डिजिटल भुक्तानीलाई प्रवर्धन गर्न बैंकले यो अफर ल्याएको बताएको छ।