काठमाडौं। लगातार उकालो लागेको सेयर बजारमा मंगलबार भने गिरावट आएको छ। नेप्से ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा झरेको छ। सोमबार कारोबार रकममा कीर्तिमानी बनाएको बजार सामान्य अंकले घटेको हो।
२७ अर्ब २४ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएर सोमबार बजारले रेकर्ड कायम गरेको थियो। कारोबारमा आएका फाइनान्स, बैंकिङ, लाइफ इन्स्योरेन्स, इन्भेष्टमेन्ट र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन।
२१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल फाइनान्सको सर्वाधिक ८१ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्स ६८ करोड २१ लाख र शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
कारोबारमा आएका ३३२ मध्ये १५७ कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल फाइनान्सको सर्वाधिक ९.९३ प्रतिशतले सेयर मूल्य घटेको छ।
८० कम्पनीका लगानीकर्ताले कमाएका छन्। ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।