सौर्य एयरलाइन्स दुर्घटना : प्रत्यक्षदर्शी भन्छन्- ‘त्यसपछि विमान ट्यांकरमा ठोकियो’

बिजमाण्डू
२०८१ साउन ९ गते १२:२० | Jul 24, 2024
सौर्य एयरलाइन्स दुर्घटना : प्रत्यक्षदर्शी भन्छन्- ‘त्यसपछि विमान ट्यांकरमा ठोकियो’

काठमाडौं। पोखराको लागि उडान भर्न लागेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। पेप्सीकोलाबाट गोठाटारतर्फ जाने क्षेत्र वरपर अहिले दुर्घटना हेर्नेको भीड लागेको छ। जसले गर्दा उद्धारमा सुरक्षाकर्मीलाई समेत समस्या भएको देखिन्छ।

Tata
GBIME
NLIC

बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पेप्सीकोला र गोठाटारतिरको रनवे क्षेत्रमा विमान चिप्लिएर दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार विमान रनवेबाट चिप्लिएर ट्यांकरमा ठोकिएको थियो। घटनास्थल नजिकै एउटा ट्यांकर पनि पल्टिएको छ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोली उद्धार तथा आगो निभाउन खटिरहेको छ।

विमानमा चालक दलसहित १९ जना भएको खुलेको छ। उद्धारमा दर्जनभन्दा बढी एम्बुलेन्स घटनास्थल पुगेका छन्। उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।