साओमी स्मार्टफोन बेच्ने टेली डिरेक्टको व्यापार एकै वर्ष २ अर्ब ३८ करोडले घट्यो



बिजमाण्डू
२०८१ साउन ८ गते ०९:५१ | Jul 23, 2024
साओमी स्मार्टफोन बेच्ने टेली डिरेक्टको व्यापार एकै वर्ष २ अर्ब ३८ करोडले घट्यो

काठमाडौं। साओमी स्मार्टफोन नेपालमा बिक्री गर्ने कम्पनी टेली डिरेक्टको व्यापार एकै वर्ष २ अर्ब ३८ करोड ७० लाख रुपैयाँले घटेको छ।

Tata
GBIME
Zonsen

रमेश कर्पअन्तर्गतको यो कम्पनीले सन् २०२२/२३ मा ४ अर्ब ४३ करोड रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा ६ अर्ब ८१ करोड रुपैयाँको व्यापार गरेको थियो। यस्तै, २०२०/२१ मा ८ अर्ब रुपैयाँको कारोबार गरेको थियो।

टेली डिरेक्ट नेपालका लागि साओमी स्मार्टफोनको दुई आधिकारिक वितरकमध्ये एक हो।

कम्पनीले २ अर्ब ५० करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इन्फोमेरिक्स नेपालबाट रेटिङ लिएको छ।