झरीबीच काठमाडौंमा जगन्नाथ रथयात्रा, राष्ट्रपति पौडेलले ताने रथ (फोटोफिचर)

प्रवीण रानाभाट
२०८१ असार २३ गते १५:१६ | Jul 7, 2024
झरीबीच काठमाडौंमा जगन्नाथ रथयात्रा, राष्ट्रपति पौडेलले ताने रथ (फोटोफिचर)


काठमाडौं । हरेक वर्षको भारतमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। ओडिसामा हुने रथयात्रामा हजारौं मानिस सहभागी हुन्छन्।

Tata
GBIME
NLIC

पछिल्लो केही दशकयता भने नेपालमा पनि हरेक वर्ष असार महिनामा जगन्नाथको रथयात्रा आयोजना हुँदै आएको छ। आज पनि नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले यो रथयात्रा आयोजना गरेको छ।

रथयात्रासँगै भजनकीर्तन, साँस्कृतिक झाँकी तथा नृत्य आयोजना गरिएको थियो। रथयात्रासँगै भगवान जगन्नाथलाई विभिन्न परिकार चढाइएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले पनि जगन्नाथको रथ तानेका थिए।

चार प्रमुख धाममध्ये उत्तरमा बद्रीनाथ, दक्षिणमा द्वारकानाथ, पश्चिममा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरी पर्छन्। यी चार धामलाई सत्य, द्वापर, त्रेता र कली युगका रुपमा समेत हिन्दु धर्मावलम्बीहरुले मान्ने गरेका छन्।