तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान, तुवालोका कारण भएको थियो अवरुद्ध

बिजमाण्डू
२०८१ बैशाख २६ गते २१:२७ | May 8, 2024
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान, तुवालोका कारण भएको थियो अवरुद्ध

खाँदबारी। विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि बुधबार उडान भएको छ।

Tata
GBIME
Nepal Life

वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटर मात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो।

विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ। विमानस्थल खुलेपछि बुद्ध एयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो।

उडान भएसँगै सडक यातायातबाट जान नसकेका सङ्खुवासभा र भोजपुर जिल्लाका वृद्धवृद्धा र बिरामीलाई फाइदा पुगेको छ। रासस