पूर्वअर्थमन्त्री खतिवडाले भने- सहकारीमा अराजकता अन्त्य गर्न दोस्रो तहको नियामक चाहियो

बिजमाण्डू
२०८१ बैशाख २६ गते १७:२२ | May 8, 2024
पूर्वअर्थमन्त्री खतिवडाले भने- सहकारीमा अराजकता अन्त्य गर्न दोस्रो तहको नियामक चाहियो
डा. युवराज खतिवडा

काठमाडौं। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामकको आवश्यकता औंल्याएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले काठमाडौंमा गरेको गोष्ठीमा सहकारीको प्रभावकारी नियमन र सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक तत्काल आवश्यक रहेको बताए।

‘सहकारीमा अराजकता देखियो। अराजकताले संकट ल्याउँछ। तसर्थ, अराजकता अन्त्यका लागि दोस्रो तहको नियामक अति आवश्यक छ,’ उनले भने।

सहकारी संस्थामाथि अहिले कुनै निकायबाट पनि अनुगमन हुन सकेको छैन। सहकारी विभागले स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने बताउँदै आएको छ भने स्थानीय तहले जनशक्ति अभाव देखाउँदै आएका छन्।

पूर्वअर्थमन्त्री खतिवडाले सहकारी संस्था स्थापनाको उद्देश्यविपरीत वित्त कम्पनी जसरी चलेकाले समस्या सिर्जना भएको बताए।

उनले सहकारीको समस्या समाधानमा राज्यका कुनै पनि निकाय जिम्मेवार नबनेको आरोप लगाए। ‘अहिले सहकारीहरु समस्यामा छन्। तर सहकारीका समस्या समाधान गर्न कुनै पनि निकाय जिम्मेवार भएर लागेका छैनन्,’ उनले भने।