मेची भन्सारले संकलन गर्‍यो ११ अर्ब ३२ करोड राजश्व, १८ अर्बको सामान निर्यात

बिजमाण्डू
२०८१ बैशाख २६ गते १७:०४ | May 8, 2024
मेची भन्सारले संकलन गर्‍यो ११ अर्ब ३२ करोड राजश्व, १८ अर्बको सामान निर्यात

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व संकलन गरेको छ।

Tata
GBIME
Nepal Life

भन्सार अधिकृत रामप्रसाद ढुंगानाले चालु आर्थिक वर्ष २०८०-८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड एक लाख ७२ हजार बराबरको मालसमान निर्यात भएको जानकारी दिए।

नाकाबाट आयात हुने मुख्य वस्तुहरुमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरु, जिप्सम, कपडा, फलफूल (जुस समेत)लगायत छन्।

यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा विरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिङ्करलगायतका रहेका भन्सार कार्यालय काकरभिट्टाले जनाएको छ।