४ महिनामा झण्डै ४६ हजारले लिए लुक्लाको हवाई सेवा, विदेशी पर्यटक नै २९ हजार

बिजमाण्डू
२०८१ बैशाख २६ गते १५:४३ | May 8, 2024
४ महिनामा झण्डै ४६ हजारले लिए लुक्लाको हवाई सेवा, विदेशी पर्यटक नै २९ हजार

काठमाडौं। तीन महिनाको अन्तरालमा ४६ हजार भन्दा बढीले लुक्ला तर्फको उडान सेवा लिएका छन्। लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलले जनवरीदेखि अप्रिल महिना तयार पारेको विवरण अनुसार कूल ४६ हजार ७१८ यात्रुले सेवा लिएको उल्लेख छ। ती मध्ये २८ हजार ९७७ यात्रु विदेशी पर्यटक रहेका छन्।

Tata
GBIME
Nepal Life

यस अवधिमा विमान र हेलिकप्टरमार्फत १२ हजार १२२ वटा उडान अवतरण भएको विमानस्थल प्रमुख उमेश कुमार पन्थीले जानकारी दिए।

पछिल्लो समय भने मौसमी प्रतिकूल हुन सुरु भएसँगै विमानमार्फत हुँदै आएको २० प्रतिशत उडान प्रभावित भएको उनले जानकारी दिए।

‘मौसमी प्रतिकूल हुँदा आइतबार र सोमबार हवाईजहाजबाट हुँदै आएको सबै उडान ठप्प भयो। हिजो र आज ८० प्रतिशत उडान हुन सक्यो,’ प्रमुख पन्थीले भने,’फिक्स विङ नहुँदा हेलिकप्टर मुभमेन्ट भने बढेको छ। तर, लुक्लाको उत्तर भेगतिर मौसमी प्रतिकुलता रहेका कारण त्यता हेलिकप्टर उडान हुन सकेको छैन।’

उत्तरी भेगमा गएका पर्यटकलाई यतिखेर हेलिकप्टरमार्फत लुक्ला ल्याउन अप्ठ्यारो भइरहेको उनले जानकारी दिए।   

उनका अनुसार रामेछाप-लुक्ला तर्फ सामान्य दैनिक न्यूनतम ३५ र अधिकतम ५० उडान हुँदै आएको छ। बुधबार यो गन्तव्यमा २२ वटा मात्र उडान भएको उनले बताए। यो समय रामेछापबाट समान्यतय: ८० प्रतिशत उडान हुन्छ।

अबको दुई सातापछि मौसमी कारणले रामेछापबाट हुँदै आएको उडान पुनः काठमाडौंबाट हुने उनको भनाइ छ।   

चार महिनाको उडान अवतरण विवरण:

महिनाउडान अवतरणयात्रु संख्या
जनवरी९०५३३९०
फेब्रुअरी९३०४३५६
मार्च३११९१३१२६
अप्रिल७१६८२५८४६
जम्मा१२१२२४६७१८