सेयर बजार परिसूचक ०.२१ अंकले घट्यो, २ अर्ब ५४ करोड रुपैयाँको कारोबार

बिजमाण्डू
२०८१ बैशाख २६ गते १५:२२ | May 8, 2024
सेयर बजार परिसूचक ०.२१ अंकले घट्यो, २ अर्ब ५४ करोड रुपैयाँको कारोबार

काठमाडौं। सेयर बजार ०.२१ अंकले घटेको छ। बुधबार नेप्से परिसूचक १९६०.६० को विन्दुमा झरेको छ। फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।

Tata
GBIME
Nepal Life

सबैभन्दा धेरै अन्य उपसमूहको सूचक १.१५ प्रतिशतले घटेको छ। फाइनान्स उपसमूहको सूचक सर्वाधिक ३.११ प्रतिशतले बढेको छ। कारोबारमा आएका ३०५ मध्ये १०७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

सबैभन्दा धेरै कुमारी सबल योजना म्युचुअल फन्डका लगानीकर्ताले ८.७३ प्रतिशतले गुमाएका छन्।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। उक्त कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

२ अर्ब ५४ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

साताको चौथो दिन समग्रमा परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको हो। मंगलबार २ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो।