१७औं अन्तर्राष्ट्रिय औद्योगिक मेलामा राष्ट्रपतिले भने- साना उद्योगमैत्री नीति र कार्यक्रम चाहियो

बिजमाण्डू
२०८१ बैशाख २६ गते १४:३२ | May 8, 2024
१७औं अन्तर्राष्ट्रिय औद्योगिक मेलामा राष्ट्रपतिले भने- साना उद्योगमैत्री नीति र कार्यक्रम चाहियो
व्यापार मेला उद्‍घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिनुपर्नेमा जोड दिएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा बुधबार काठमाडौंमा सुरु भएको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव उदघाट्न गर्दै साना तथा घरेलु उद्यमशीलता नेपाललको अर्थतन्त्रको जग भएको बताए।

‘रोजगारी वृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्ति अभाव लगायत समस्या समाधान गर्न आवश्यक छ,’ उनले भने।

पुँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगी मारमा परेकाले सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्थाका साथै साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर सहयोग गर्नुपर्ने उनको भनाइ छ।

राष्ट्रपति पौडेलले महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो संख्यामा स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवर्धनमा विशेष कार्यक्रम आवश्यक रहेको बताए।

उनले स्थानीय श्रम, सीप, प्रविधि, कच्चा पदार्थ र जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउन सकिने बताए। ‘आयआर्जनका माध्यमबाट स्थानीयस्तरमा नै आत्मनिर्भर हुँदै सबल राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिन यस्ता उद्यम व्यवसाय बढी फलदायी हुनेछ,’ राष्ट्रपति पौडेलले भने।

उनले उद्योगको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्नुपर्ने आवश्यकता औंल्याए।