इलाम २ बाट निर्वाचित सुहाङ नेम्वाङले लिए सांसद पदको शपथ

बिजमाण्डू
२०८१ बैशाख २६ गते १२:१५ | May 8, 2024
इलाम २ बाट निर्वाचित सुहाङ नेम्वाङले लिए सांसद पदको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन्।

Tata
GBIME
Nepal Life

सो अवसरमा सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरेका थिए।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतकलगायत उपस्थिति थियो।

यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।