एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले ५ करोड ५८ लाख खुद नाफा कमायो

बिजमाण्डू
२०८१ बैशाख २६ गते ११:५८ | May 8, 2024
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले ५ करोड ५८ लाख खुद नाफा कमायो

काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

पोहोरको तेस्रो त्रैमासको तुलनामा यस वर्ष कम्पनीको वित्तीय अवस्थामा सुधार देखिएको छ। पोहोर ९ महिनामा कम्पनी ६७ हजार रुपैयाँ घाटामा थियो। वित्तीय सम्पतिको ‘फेयर भ्यालु’ बढेकाले खुद नाफा वृद्धि भएको हो।

पोहोर ३ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको वित्तीय सम्पत्तिको ‘फेयर भ्यालु’ यस वर्ष ५ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको रिटेन्ड अर्निङ १० करोड ४१ लाख रुपैयाँ छ भने चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी ६.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १४७.६३ रुपैयाँ छ।