सानिमा बैंकको फोनपे क्यूआरबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने, भारतीय पर्यटकलाई सजिलो

बिजमाण्डू
२०८१ बैशाख २६ गते ११:५४ | May 8, 2024
सानिमा बैंकको फोनपे क्यूआरबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने, भारतीय पर्यटकलाई सजिलो

काठमाडौं । सानिमा बैंकको फोनपे क्यूआरबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने भएको छ। बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरुलाई डिजिटल भुक्तानीका लागि सहकार्य गरेको हो।

Tata
GBIME
Nepal Life

अब भारतीय नागरिकले फोनपे, भीमएप र युपीआई मार्फत फोनपे नेटवर्क अन्तर्गत रहेको क्यूआर कोड स्क्यान गरेर डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

यो सेवा सुरु भएसँगे नेपाल भ्रमणमा आउने भारतीयहरलाई डिजिटल भुक्तानीमा सहज हुने विश्वास बैंकले लिएको छ।