हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफा ८% घट्यो, प्रति सेयर आम्दानी ७.२४ रुपैयाँ

बिजमाण्डू
२०८१ बैशाख २६ गते १०:४७ | May 8, 2024
हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफा ८% घट्यो, प्रति सेयर आम्दानी ७.२४ रुपैयाँ

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफमा गिरावट आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले आर्जन गरेको खुद नाफा पोहोर ९ महिनाको तुलनामा ७.९८ प्रतिशतले कम हो। हिमालयन लाइफले पोहोर ९ महिनामा ४७ करोड ३२ लाख ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले चैतसम्म खुद प्रिमियम संकलन ८.४० प्रतिशतले वृद्धि गरेको छ। १२ अर्ब २ करोड रुपैयाँ खुद प्रिमियम आर्जन पुगेको छ।

कर्जा तथा लगानीबाट हुने आम्दानी १४.०९ प्रतिशतले वृद्धि भएर ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ छ। प्रति सेयर आम्दानी ७.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२४.२५ रुपैयाँ रहेको छ।