आइजीआई प्रुडेन्सियलको खुद नाफा १८१.०३% बढ्यो, प्रति सेयर आम्दानी २०.५८ रुपैयाँ

बिजमाण्डू
२०८१ बैशाख २६ गते १०:२५ | May 8, 2024
आइजीआई प्रुडेन्सियलको खुद नाफा १८१.०३% बढ्यो, प्रति सेयर आम्दानी २०.५८ रुपैयाँ

काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले आर्जन गरेको खुद नाफा पोहोर ९ महिनाको तुलनामा १८१.०३ प्रतिशतले बढी हो।

Tata
GBIME
Nepal Life

आइजीआई प्रुडेन्सियलले पोहोर ९ महिनामा १६ करोड ६३ लाख ६३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

लगानी तथा ब्याज आम्दानी र खुद प्रिमियम बढ्दा कम्पनीको नाफामा सुधार देखिएको हो।

पोहोर चैतसम्म १३ करोड ६६ लाख रुपैयाँ लगानी तथा ब्याजबाट आम्दानी गरेको कम्पनीले यो वर्ष २६३.२० प्रतिशतले बढाएर ४९ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीले ९ खुद प्रिमियम संकलन ८८.२६ प्रतिशतले बढाएको छ। पोहोर चैतसम्म ४६ करोड ७ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेकोमा यो वर्ष चैतसम्म ८६ करोड ७३ लाख रुपैयाँ संकलन गरेको छ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ छ। प्रति सेयर आम्दानी २०.५८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८१.९२ रुपैयाँ छ।