सेल्फ ड्राइभिङ कार निर्माण गरिरहेको बेलायती स्टार्टअप कम्पनीले उठायो १ खर्ब ४० अर्ब

बिजमाण्डू
२०८१ बैशाख २६ गते ०८:३७ | May 8, 2024
सेल्फ ड्राइभिङ कार निर्माण गरिरहेको बेलायती स्टार्टअप कम्पनीले उठायो १ खर्ब ४० अर्ब
एआईमा आधारित सेल्फ ड्राइभिङ कार निर्माण गरिरहेको स्टार्टअप कम्पनीमा बेलायती प्रधानमन्त्री ऋषि सुनक। Photo : wayve

बेलायतको एक स्टार्टअप कम्पनी वेभीले १.०५ बिलियन अमेरिकी डलर (१ खर्ब ४० अर्ब रुपैयाँ) रकम उठाएको छ। आर्टिफिसियल इन्टेलिजेन्समा आधारित स्वचालित कार (सेल्फ ड्राइभिङ) निर्माणमा लागि रहेको कम्पनीले सो रकम उठाएको हो।

Tata
GBIME
Nepal Life

फन्डिङ राउन्डमा कम्पनीले राखेको प्रस्तावमा लगानीकर्ता आकर्षित देखिएका हुन्। माइक्रोसफ्ट र निभिडाले पनि वेभीमा लगानी गर्ने भएको छ।

युरोपमा एआई कम्पनीमा यो हालसम्मकै धेरै लगानी हो। कम्पनीले यो लगानीसँगै भविष्यमा सेल्फ ड्राइभिङ कार निर्माणमा सहयोग पुग्ने जनाएको छ।

यो अवसरमा बेलायतका प्रधानमन्त्रीले बेलायतलाई ‘एआईपावर सुपरपावर’ भनेका छन्।