नबिल बैंक ८% ब्याजदरको ८ वर्षे डिबेन्चर निष्कासन गर्दै, एसबीआई मर्चेण्ट बिक्री प्रबन्धक

बिजमाण्डू
२०८१ बैशाख २५ गते १७:३२ | May 7, 2024
नबिल बैंक ८% ब्याजदरको ८ वर्षे डिबेन्चर निष्कासन गर्दै,  एसबीआई मर्चेण्ट बिक्री प्रबन्धक
ऋणपत्र निष्कासनका लागि सम्झौता गर्दै नबिल बैंकका सीइओ ज्ञानेन्द्रप्रसाद ढुंगाना र नेपाल एसबीआई मर्चेण्ट बैकिङका सीइओ लेखनाथ पोखरेल

काठमाडौं। नबिल बैंकले ‘८% नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो। यस सम्बन्धमा दुई कम्पनीले मंगलबार सम्झौता गरेका छन्।

सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नेपाल एसबीआई मर्चेण्ट बैकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरे।

३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ। प्रति ऋणपत्रको अंकित मूल्य १,००० रूपैयाँ छ। वार्षिक ८ प्रतिशत ब्याजदरको ऋणपत्रको अवधि ८ वर्षको छ।

बैंकका अनुसार १ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट र १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिनेमध्ये ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ।