सानिमा बैंक डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै, ग्राहकलाई स्काई वाक टावरमा १०% छूट

बिजमाण्डू
२०८१ बैशाख २५ गते १६:१९ | May 7, 2024
सानिमा बैंक डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै, ग्राहकलाई स्काई वाक टावरमा १०% छूट
सम्झौता गर्दै सानिमा बैंक र वन्डर्स नेपालका प्रतिनिधि

काठमाडौं। सानिमा बैंकका ग्राहकले वन्डर्स नेपालले काठमाडौंको कमलादीमा सञ्चालन गरिरहेको स्काई वाक टावरमा १० प्रतिशत छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहित गर्न स्काई वाक टावरमा छूट उपलब्ध गराउने सम्झौता गरेको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ प्रमुख विक्रम श्रेष्ठ र वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौता अनुसार आफ्ना भिसा डेबिट/ क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा स्काई वाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने बैंकले मंगलबार प्रेस विज्ञप्‍तिमार्फत जनाएको छ।