लगानीका लागि सहकार्य गर्नेबारे नेपाल उद्योग व्यापार संघ र भारतको आइआइएबीच समझदारी

बिजमाण्डू
२०८१ बैशाख १७ गते १३:५५ | Apr 29, 2024
लगानीका लागि सहकार्य गर्नेबारे नेपाल उद्योग व्यापार संघ र भारतको आइआइएबीच समझदारी

काठमाडौं। नेपाल उद्योग व्यापार महासंघ र भारतको इन्डियन इन्डस्ट्रिज एशोसिएन (आइआइए) बीच सहकार्य हुने भएको छ। तेस्रो लगानी सम्मेलनका क्रममा दुई संस्थाबीच लगानीका लागि सहकार्य र सहयोग गर्ने बारे समझदारी भएको हो।

Tata
GBIME
Nepal Life

आफ्नो सदस्यहरुको पारस्परिक लाभका लागि काम गर्नेमा दुवै संस्था सहमत भएका हुन्। विश्व बजारमा सँगै अघि बढ्न सफल रुपमा औद्योगिक समूह बनाएर अघि बढ्नुपर्नेमा दुवै संस्था एकमत भएका छन्।

महासंघले आइआइए नेपाली उद्योगी र व्यापारीहरुसँग नेटवर्क बढाउन सहयोग गर्नेछ। विज्ञान र प्रविधिको प्रयोग गर्दै आपसी सहयोगमा आर्थिक विकासका लागि सहकार्य गर्ने समझदारी भएको छ।