सन नेपालको साधारण सभा जेठ ९ गते, बोनस र हकप्रद सेयरको प्रस्ताव पारित गर्ने

बिजमाण्डू
२०८१ बैशाख १७ गते ११:५२ | Apr 29, 2024
सन नेपालको साधारण सभा जेठ ९ गते, बोनस र हकप्रद सेयरको प्रस्ताव पारित गर्ने

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले आगामी जेठ ९ गते वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाबाट लाभांश वितरणका साथै हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्दैछ

Tata
GBIME
Nepal Life

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले साधारण सभाका साथै बुक क्लोजको मिति तोकेको हो।

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले मात्रै कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन्।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस सेयर दिने घोषणा यसअघि नै गरिसकेको छ।

सन नेपालको चुक्ता पुँजी हाल ३ अर्ब २० करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुँजी पर्‍याउन २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित गर्दैछ।