उपनिर्वाचनमा रास्वपालाई सुरुवातमै धक्का, कांग्रेस-एमालेबीच नै प्रतिस्पर्धा

बिजमाण्डू
२०८१ बैशाख १६ गते १६:०९ | Apr 28, 2024
उपनिर्वाचनमा रास्वपालाई सुरुवातमै धक्का, कांग्रेस-एमालेबीच नै प्रतिस्पर्धा

काठमाडौं। उपनिर्वाचनको सुरुवाती मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि परेको छ। प्रतिनिधि सभा निर्वाचन २०७९ मा पुराना दललाई धक्का दिएर उदाएको रास्वपा इलाम-२ को उपनिर्वाचनमा पछि परेको हो।

Tata
GBIME
Nepal Life

गठन भएको केही महिनामै प्रतिनिधि सभा निर्वाचनमा भाग लिएको रास्वपाले २० सिट जितेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा पनि रास्वपाले नै चुनाव जितेर ठूला दुई दल नेकपा (एमाले) र नेपाली (कांग्रेस)लाई धक्का दिएको थियो।

अहिले भने कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको छ। इलाम-२ मा कांग्रेसका डम्बर खड्काले १ हजार १४५ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका सुहाङ नेम्वाङ १०६३ मत ल्याएर दोस्रो छन्। रास्वपाका मिलन लिम्बूको मत २०९ छ।

बझाङको निर्वाचनमा एमालेका दमन भण्डारीले ७५७ मत पाएका छन् भने कांग्रेसका अभिषेक सिंहले ३८० मत ल्याएका छन्।