नेपालमा कतारले ठूलो लगानी ल्याउने दाहालको दाबी, ‘अनुदान दिने क्षेत्र अध्ययन गर्दैछन्’

बिजमाण्डू
२०८१ बैशाख १३ गते १६:१३ | Apr 25, 2024
नेपालमा कतारले ठूलो लगानी ल्याउने दाहालको दाबी, ‘अनुदान दिने क्षेत्र अध्ययन गर्दैछन्’
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतार नेपालमा ठूलो मात्रामा लगानी ल्याउन तयार भएको दाबी गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले बिहिबार राष्ट्रिय विकास परिषद्‍को बैठकमा लगानीका क्षेत्र यकिन गर्न दुवै देशले अध्ययन गर्ने सहमति भएको बताए। उनले बुधबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग वान टु वान वार्ता गरेका थिए।

‘कतार जस्तो आर्थिक रुपमा सम्पन्न देश ठूलो मात्रामा लगानी गर्न तयार छ। कतारका अमिरसँग कुरा गर्दै जाँदा एउटा संरचनामा सहमति भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपालले कुन कुन क्षेत्रमा लगानी गर्नु पर्‍यो भन्ने र कुन कुन क्षेत्रमा अनुदान दिन सकिन्छ भनेर अध्ययन गर्न कतारबाट छिटै एउटा टिम आउने कुरा भएको छ। नेपालले पनि एउटा टिम बनाएर गृहकार्य गरी टुंगो लगाउने सहमति भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको निम्तामा गत मंगलबार नेपाल आएका थानी बुधबार अपराह्‍न फर्किएका थिए।

प्रधानमन्त्री दाहालले भूमि, वन, जग्गा प्राप्ति लगायत केही ऐन अध्यादेशबाट संशोधन गर्ने निर्णयले नेपालमा लगानीको वातावरण बढेको दाबी गरे। मन्त्रिपरिषद्को वैशाख १० गते बसेको बैठकले ९ वटा ऐन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको थियो।