वेस्ट इण्डिज ‘ए’ सँग खेल्ने नेपाली टोलीमा आरिफ पनि, कति छ टिकट शुल्क ?

बिजमाण्डू
२०८१ बैशाख १३ गते १३:३० | Apr 25, 2024
वेस्ट इण्डिज ‘ए’ सँग खेल्ने नेपाली टोलीमा आरिफ पनि, कति छ टिकट शुल्क ?
फाइल फोटो एसीसी

काठमाडौं । वेस्ट इण्डिज ‘ए’ टोलीविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ। एसीसी प्रिमियर कप खेलमा ओमन गएको नेपाली टोलीमा आरिफ शेखलाई पनि सम्मिलित गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

शेखले पछिल्लो पटक नेपाल ‘ए’ बाट आयरल्याण्ड वुल्भ्सविरुद्ध खेलेका थिए।

विश्वकपको तयारीका रुपमा दुवै टोलीले यो पाँच खेलको सिरिजलाई लिएका छन्। वेस्ट इण्डिजका ९ जना खेलाडी इण्डियन प्रिमियर लिग (आईपीएल) मा व्यस्त हुँदा त्यसपछिका खेलाडीलाई समेटेर वेस्ट इण्डिज ‘ए’ को बलियो टोली नेपाल आइसकेको छ।

यो सिरिज वैशाख १५ देखि २२ गतेसम्म काठमाडौंमा चल्नेछ।

विश्वकप अघि एसीसी प्रिमियर कपमा निराशाजनक प्रदर्शन गरेको नेपाललाई लयमा फर्कन चुनौती छ। खासगरी ओपनर कुशल भुर्तेल साथै पेश बलरहरुको लयलाई लिएर क्रिकेट वृत्तमा चुनौतीका रुपमा हेरिएको छ।

टिकट बिक्री आईएमई पेले गर्नेछ। आईएमई पेमा टिकट शुल्क पाँचै खेलका लागि २०० रुपैयाँ राखिएको छ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आरिफ शेख, गुल्सन झा, करण केसी, आकाश चन्द, ललितनारायण राजवंशी, प्रतिश जिसी, अभिनास बोहरा, विवेक यादव

वेस्ट इण्डिज टोली

रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उप-कप्तान), फेबियन एलेन, कदीम एलिय्ने, जोसुआ विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क डेयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पउल, ओशाने थोमस, हाइडेन वाल्स