काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ९ महिनामा २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीको खुद नाफा पोहोर ९ महिनाको तुलनामा ३३.८९ प्रतिशतले बढेको हो। गत वर्ष तेस्रो त्रैमाससम्म सूर्यज्योतिले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बीमा शुल्क आर्जन र लगानीबाट हुने आम्दानी बढ्दा कम्पनीले खुद नाफा दोहोरो अंकले बढाएको हो। कम्पनीले ६ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।
कर्जा तथा लगानीबाट २ अर्ब २८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७ रुपैयाँ छ।
कम्पनीको प्रतिसेयर आम्दानी ८.६७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६६.३१ रुपैयाँ छ।