केयूका उपकुलपतिले भेटे विमान निर्माता एयरबसका प्रतिनिधि, सहकार्य गर्नेबारे छलफल

बिजमाण्डू
२०८१ बैशाख ११ गते १७:४९ | Apr 23, 2024
केयूका उपकुलपतिले भेटे विमान निर्माता एयरबसका प्रतिनिधि, सहकार्य गर्नेबारे छलफल
तस्वीर: काठमाडौं विश्वविद्यालय

काठमाडौं। काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा नेतृत्वको टोलीले विमान निर्माता कम्पनी एयरबसका प्रतिनिधिसँग भेटवार्ता गरेको छ।

Tata
GBIME
Nepal Life

मंगलबार बालकुमारीमा रहेको स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा थापा नेतृत्वको टोलीले एयरबस कर्प इन्डिया तथा दक्षिण एसियाका एचआर निर्देशक सुरज क्षेत्रीसहितका उच्च प्रतिनिधिसँग भेटघाट गरेको हो।

भेटका क्रममा विद्यार्थीहरुलाई एयरबसमा करियरको अवसरका विषयमा छलफल भएको केयूले जनाएको छ। केयू र एयरबसले सहकार्य गर्न सक्ने सम्भावनाहरुका विषयमा छलफल भएको छ।

भेटमा कुसोमका डीन प्रा. डा. विजय केसी, प्रा. डा मनिष पोखरेल, एसोसिएट डीन ब्रिजेस अधिकारी, प्रा. डा. ड्यानियल तुलाधरलगायतका सहभागी थिए।