कतारका अमिरसँग भैरहवा-दोहा सिधा उडानको प्रस्ताव गर्न सरकारलाई व्यवसायीको आग्रह

बिजमाण्डू
२०८१ बैशाख ११ गते १५:४७ | Apr 23, 2024
कतारका अमिरसँग भैरहवा-दोहा सिधा उडानको प्रस्ताव गर्न सरकारलाई व्यवसायीको आग्रह

भैरहवा। व्यवसायीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारमा सिधा उडान सञ्चालन गर्ने सम्झौताका लागि पहल गर्न आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

कतारका अमिरले मंगलबारदेखि गर्न लागेको दुई दिने नेपाल भ्रमणको अवसरमा भैरहवाका व्यवसायीहरुले सिधा उडान सञ्चालन गर्ने सम्झौताका लागि पहल गर्न आग्रह गरेका हुन्।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले कतारका अमिरको भ्रमणका क्रममा हुने द्विपक्षीय छलफलमा भैरहवा–दोहा हवाई उडान भर्ने विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे।

‘भैरहवाबाट कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडान भर्न कतारका अमिरको भ्रमण उपयुक्त अवसर हुन सक्छ। त्यसैले यो विषयलाई प्राथमिकताका साथ उठाएर भैरहवा–दोहा उडानका लागि पहल गर्न सरकारसँग आग्रह छ,’ उनले भने।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्ष भएपनि सातामा एउटाभन्दा उडान हुने गरेको छैन। नेपाल वायु सेवा निगमले सातामा एउटा उडान गर्दै आएपनि वायु सेवा प्रदायक अरु कम्पनीले मानेका छैनन्।

सिद्धार्थ होटल एसोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पनि भैरहवा–कतार हवाई उडानको प्रस्ताव राख्न कतारका अमिरको भ्रमण उपयुक्त अवसर भएको बताए। रासस