नेपाल आउने वेस्ट इण्डिज ‘ए’ टोलीको घोषणा, चेजको कप्तानीमा को-को छन् खेलाडी ?

बिजमाण्डू
२०८१ बैशाख ११ गते ०७:४८ | Apr 23, 2024
नेपाल आउने वेस्ट इण्डिज ‘ए’ टोलीको घोषणा, चेजको कप्तानीमा को-को छन् खेलाडी ?
तस्बिर: वेस्ट इण्डिज क्रिकेट

काठमाडौं। नेपालसँग ५ खेलको टी-२० सिरिज खेल्ने वेस्ट इण्डिज ‘ए’ टोलीको घोषणा भएको छ। वेस्ट इण्डिज क्रिकेटले रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

यो सिरिज वैशाख १५ देखि २२ गतेसम्म काठमाडौंमा चल्नेछ। यता एसीसी प्रिमियर कपमा खराब प्रदर्शन गर्दै एसिया कप र इमर्जिङ एसिया कपमा स्थान बनाउन चुकेको नेपाललाई विश्‍वकप अघि लयमा फर्कने चुनौती छ।

यी दुवै टोलीले यो सिरिजलाई आसन्‍न टी-२० विश्‍वकपको तयारीका रुपमा लिएका छन्। यो वेस्ट इण्डिजको पहिलो नेपाल टूर हुनेछ।

सेलेक्सन कमिटीका प्रमुख डा हायनेसले चेजको कप्तानीमा वेस्ट इण्डिजले राम्रो प्रदर्शन गर्ने विश्‍वास लिएको बताए।

‘नेपाल भ्रमणले आईसीसी पुरुष टी-२० विश्‍वकपको तयारीको चरणमा महत्त्वपूर्ण कदम अगाडि बढ्नेमा म विश्‍वस्त छु,’ उनले भने, ‘यसले आईपीएलमा नभएका हाम्रा खेलाडीहरूलाई प्रतिस्पर्धी टी-२० क्रिकेटमा ल्याउने अवसर प्रदान गर्नेछ। साथै हामीलाई उदीयमान सम्भावनाहरू पनि उजागर गर्ने अवसर दिन्छ।’

हाल आईपीएलमा वेस्ट इण्डिजका ९ खेलाडीले खेलिरहेका छन्।

वेस्ट इण्डिजका प्रशिक्षक डारेन समीले नेपाल टूरले विश्‍वकपमा जिम्मेवारी तोक्न अझ सहज हुने बताए।

‘नेपाल टूरले हामीलाई हाम्रो विश्‍वकप टोलीलाई परिष्कृत गर्ने र खेलाडीको भूमिका अझ स्पष्ट रूपमा परिभाषित गर्ने मौका दिन्छ,’ उनले भने।

वेस्ट इण्डिज टोली

रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उप-कप्तान), फेबियन एलेन, कदीम एलिय्ने, जोसुआ विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क डेयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पउल, ओशाने थोमस, हाइडेन वाल्स