इन्टर मिलान बन्यो ‘सिरि ए’को च्याम्पियन, राइभल एसी मिलानमाथि जित

बिजमाण्डू
२०८१ बैशाख ११ गते ०७:२३ | Apr 23, 2024
इन्टर मिलान बन्यो ‘सिरि ए’को च्याम्पियन, राइभल एसी मिलानमाथि जित
च्याम्पियन बनेको इन्टर मिलानको टोली। तस्बिर: रोयटर्स

इन्टर मिलानले २०औँ पटक इटालियन लिग ‘सिरि ए’को उपाधि जितेको छ। गएराति सम्पन्‍न खेलमा राइभल एसी मिलानलाई हराउँदै इन्टर मिलानले लिग टाइटल जितेको हो।

Tata
GBIME
Nepal Life

७५ हजार दर्शक उपस्थित सान सिरो स्टेडियममा सम्पन्‍न खेलमा च्याम्पियन बन्‍ने क्रममा इन्टरले एसी मिलानलाई २-१ गोलअन्तरले हरायो। खेलको १८ औँ मिनेटमा इन्टरका फ्रान्सेस्को एकेर्बीले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा इन्टर एक गोलले अघि रह्यो।

दोस्रो हाफको सुरुमै इन्टरले अग्रता दोब्बर बनायो। यसपटक मार्कस थुरमले ४९ औँ मिनेटमा गोल गरे। ८० औँ मिनेटमा एसी मिलानका फिकायो टोमोरीले गोल फर्काए। त्यसपछि भने खेल केही तनावपूर्ण बनेको थियो। इन्ज्युरी समयमा खेलाडीहरूबीच हातपातको अवस्था बन्दा इन्टर मिलानका एक जना र एसी मिलानका दुई जनाले रेडकार्ड ब्यहोरे।

सिजनको पाँच खेल बाँकी छँदै ट्रफी पक्का गरेको इन्टरले ३३ खेलबाट ८६ अंक बनाएको छ भने दोस्रो स्थानको एसी मिलानले समान खेलबाट ६९ अंक बनाएको छ।