ह्वाइट लोटस पावरले आइपीओ जारी गर्ने, नेपाल एसबिआई मर्चेण्ट बैंकिङ बिक्री प्रबन्धक

बिजमाण्डू
२०८१ बैशाख १० गते १७:४२ | Apr 22, 2024
ह्वाइट लोटस पावरले आइपीओ जारी गर्ने, नेपाल एसबिआई मर्चेण्ट बैंकिङ बिक्री प्रबन्धक
सम्झौता देखाउँदै ह्वाइट लोटस पावर र नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रतिनिधि

काठमाडौं। ह्वाइट लोटस पावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २६ प्रतिशत अर्थात १२ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

आइपीओ प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँका दरले जारी गर्ने कम्पनीले जनाएको छ। आइपीओ जारी गर्ने प्रयोजनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ बिक्री प्रबन्धक नियुक्त गरेको छ।

दुई कम्पनीबीच सोमबार यस सम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमार जोशीले गरे।

ह्वाइट लोटस पावरले लमजुङको भुलभुलेमा ६.८२ मेगावाटको हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।