अर्थमा कर्णको विदाई मरासिनीको स्वागत, कर्मचारीलाई राजनीतिक नेतृत्वबाट संरक्षणको ढाडस

बिजमाण्डू
२०८१ बैशाख १० गते १७:११ | Apr 22, 2024
अर्थमा कर्णको विदाई मरासिनीको स्वागत, कर्मचारीलाई राजनीतिक नेतृत्वबाट संरक्षणको ढाडस

काठमाडौं । अर्थ मन्त्रालयमा आज सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको विदाई गरिएको छ। साथै, र अर्थ सचिवको जिम्मेवारी पाएका मधु मरासिनीको पनि आजै स्वागत गरिएको छ।

Tata
GBIME
Nepal Life

सोमबार मन्त्रिपरिषद बैठकले मरासिनीलाई अर्थमा सरुवा गर्ने निर्णय गर्दै कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको थियो। मरासिनी यसअघि पनि अर्थसचिव थिए।

विदाई तथा स्वागत कार्यक्रममा अर्थ मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताएका थिए। असल नियतले काम गर्न आग्रह गर्दै त्यस क्रममा कुनै समस्या आए राजनीतिक नेतृत्वको संरक्षण पाउने उनले बताएका थिए।

‘राजनीतिज्ञ, प्रशासक वा सार्वजनिक जीवनमा भएका मानिस माथि आरोप वा टिकाटिप्पणी हुन सक्छन्,’ पुनले भने, ‘असल नियतका साथ गरिएको काममा समस्या आइपरे राजनीतिक नेतृत्वको तर्फबाट संरक्षण हुने कुराको ग्यारेण्टी गर्छु।’

निजी क्षेत्रको विश्वास जितेर लगानीको वातावरण निर्माण गर्न सरकार लागिपरेको भन्दै उनले कर्मचारीहरुलाई त्यही उद्देश्य लिएर कार्य गर्न आग्रह पनि गरेका छन्।

सो कार्यक्रममा सुरुवा भएका अर्थमन्त्रालय आएका मरासिनी र अर्थमन्त्रालयबाट सरुवा भएका कर्णले सरकारले दिएको नयाँ जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताएका थिए।