भारतीय बजारमा एप्पलको नजर, ३ वर्षमा ५ लाखलाई रोजगारी दिने योजना बनाउँदै

बिजमाण्डू
२०८१ बैशाख १० गते १५:१५ | Apr 22, 2024
भारतीय बजारमा एप्पलको नजर, ३ वर्षमा ५ लाखलाई रोजगारी दिने योजना बनाउँदै

अमेरिकी कम्पनी एप्पलले भारत केन्द्रित बजार विस्तार गरिरहेको छ। यसैक्रममा आउने ३ वर्षमा ५ लाखलाई रोजगारी दिने गरि कम्पनीले काम गरिरहेको छ।

Tata
GBIME
Nepal Life

सरकारी स्रोतलाई उद्धत गर्नै भारतको इकोनोमिक टाइम्स ५ लाखलाई रोजगारी दिने गरि एप्पलले योजना बनाइरहेको उल्लेख गरेका हुन्।

हाल भारतमा साढे एक लाख एप्पलका उत्पादन बेच्ने बिक्रेता र सप्लायर्सहरु छन्। भारतमा हाल एप्पलको दुईवटा उत्पादन प्लान्ट संचालन भइरहेको छ।

एप्पलले भारतमा आउने ४ देखि ५ वर्षमा ३.३२ लाख करोड भारतीय रुपैयाँ लगानी गर्ने तयारी गरिसकेको छ। सन् २०२३-२४ मा भारतमा एप्पलको आइफोनको बिक्रीमा निकै बढोत्तरी भएको थियो।

चीनसँग अमेरिकाको विवादका कारण एप्पल हाल भारतमा केन्द्रित भएर उत्पादन र बिक्रीमा लाग्ने योजनामा छ।

भारतको बहुराष्ट्रिय कम्पनी टाटा ग्रुपले एप्पलका आइफोनहरु उत्पादन गरिरहेको छ। विस्ट्रनसँग मिलेर एप्पलले सन् २०१७ देखि भारतमा आइफोन एसम्बल गर्न सुरु गरेको थियो। केही महिना अघिमात्रै विस्ट्रन कर्पोरेसन भारतमा रहेको प्लान्ट टाटालाई बिक्री गरेको थियो।