बैंकको व्यवसाय : कर्जा बढाउन नसकेपछि सीडी रेसियो ओर्लियो ७० प्रतिशतसम्म

बिजमाण्डू
२०८१ बैशाख १० गते १४:२४ | Apr 22, 2024
बैंकको व्यवसाय : कर्जा बढाउन नसकेपछि सीडी रेसियो ओर्लियो ७० प्रतिशतसम्म

काठमाडौं। निक्षेप संकलनको तुलनामा कर्जा लगानी बढाउन नसकेपछि वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८०.५१ प्रतिशतमा झरेको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश बैंकको सीडी रेसियो ८० प्रतिशतभन्दा तल झरेको हो।
नियामकीय प्रावधान अनुसार कुल निक्षेपको ९० प्रतिशतसम्म बैंकहरुले ऋण लगानी गर्न पाउँछन्।

कर्जा बढ्न नसकेका बेलामा पुरानो ऋण असुली प्रभावित हुँदा बैंकहरुको खराब कर्जा बढेर कर्जा नोक्सानी थपिंदा नाफा प्रभावित बन्न पुगेको छ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा नै सबैभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ। यो बैंकको सीडी रेसियो सबैभन्दा कम ७०.५३ प्रतिशत छ। यस्तै एसबिआई बैंकको सीडी रेसियो ७२.४९ प्रतिशत छ।

एनआईसी एसिया बैंकको सीडी रेसियो भने सबैभन्दा धेरै ८५.८१ प्रतिशत छ।

वाणिज्य बैंकको निक्षेप संकलन र कर्जा लगानीबीच ठूलो अन्तर देखिएको छ। चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकहरुले ४४ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यही अवधि चैत मसान्तसम्म बैंकको निक्षेप ५३ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ पुँजी कोष दवाबका कारण अधिकांश बैंकले कर्जा विस्तार गर्न नसकेको बताउँछन्। ‘एकाध बाहेक सबै बैंकलाई पुँजी कोषको चाप छ। रिकभरिबाट सुधार गर्नुपर्ने हुँदा कर्जा बढ्न नसकेर निक्षेप थुप्रिएको हो।’

प्रभु बैंकका डेपुटी सीइओ मनिराम पोखरेल माग भए पनि कर्जा सहजै दिइहाल्ने अवस्था नरहेको बताउँछन्।

‘बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त छ। कर्जाको माग पनि नभएको होइन’, उनले भने, ‘नयाँ उद्योगधन्दा विस्तार भएका छैनन। भएका व्यवसाय पूर्ण क्षमतामा चल्न सकेका छैनन। उत्पादन तथा उपभोग्य क्षमता घटेको बेलामा माग आयो भन्दैमा अन्धाधुन्ध जुनसुकै प्रयोजनका लागि पनि कर्जा विस्तार गरिहालौं भन्ने अवस्था छैन।’

बैंकहरुको निक्षेप संकलन, कर्जा लगानी र सीडी रेसियोको अवस्था

बैंकनिक्षेप संकलन (चालु वर्ष चैतसम्म) रु अर्बमानिक्षेप संकलन (गत वर्ष चैतसम्म) रु अर्बमाफरक (प्रतिशतमा)कर्जा लगानी (चालु वर्ष चैतसम्म) रु अर्बमाकर्जा लगानी (गत वर्ष चैतसम्म) रु अर्बमाफरक
(प्रतिशतमा)
सीडी रेसियो
नबिल४४०३९६११.११३६८३३१११.१८८३.९७
ग्लोबल आइएमई४५९४२६७.७५३६६३५४३.३९७९.४
नेपाल इन्भेष्टमेन्ट मेगा४०३३५४१३.८४३१२३०२३.३१७९.७४
प्राइम कमर्सियल२०२१७४१६.०९१७७१५३१५.६९८५.१
एभरेष्ट२१४१९८८.०८१७८१५९११.९५८३.५
स्ट्याण्डर्ड चार्टर्ड११०११७-५.९८७९७७२.६०७८.०५
राष्ट्रिय वाणिज्य३६८३२११४.६४२४६२२७८.३७७०.५३
एनएमबि२२४२१०६.६७१९२१८९१.५९७९.७३
कृषि विकास२२८१९९१४.५७१९६१७६११.३६७९.५७
हिमालयन२९८२७५८.३६२३३२२७२.६४७९.४
एनआईसी एसिया३२७३११५.१४२७७२६१६.१३८५.८१
प्रभु२७८२८९-३.८१२२९२३४-२.१४८३.७
नेपाल एसबिआई१७४१५०१६.००१२२११६५.१७७२.४९
सिद्धार्थ२२६२२३१.३५१९३१८४४.८९८२
लक्ष्मी सनराइज३११२९६५.०७२४९२४७०.८१७९.४८
सानिमा१८६१७५६.२९१६०१४५१०.३४८०.०७
सिटिजन्स१८२१६८८.३३१५२१३9९.३५८४.२१
कुमारी३१८३१६०.६३२७४२७०१.४८८५.३६
माछापुच्छ्रे१४९१५४-३.२५१२६१२६०.००८३.३
नेपाल२६१२४४६.९७१८५१७८३.९३७४.८९
स्रोत: बैकहरुले सार्वजनिक गरेको चालु वर्षको तेस्रो त्रैमासको विवरण