सुन प्रति तोला १ हजार १ सय घट्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट

बिजमाण्डू
२०८१ बैशाख १० गते ११:४७ | Apr 22, 2024
सुन प्रति तोला १ हजार १ सय घट्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट

काठमाडौं। सुन तोलामा १ हजार १ सय रुपैयाँ घटेको छ। सोमबार कारोबार मूल्य प्रति तोला १ लाख ३८ हजार २ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

दोहोरो अंकको बढोत्तरीसँगै तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पुगेर दुई दिन स्थिर रहेको सुन बिहीबार ६ सय रुपैयाँ घट्दै १ लाख ३८ हजार ६ सय रुपैयाँ भएको थियो। त्यसमा ७ सयको बढोत्तरीसँगै शुक्रबार कायम तोलाको १ लाख ३९ हजार ३ सयमा आइतबारसम्म स्थिर रहेर कारोबार भएको थियो।

चाँदीको कारोबार मूल्यमा तोलाको ३५ रुपैयाँ घटेको छ। सोमबार प्रति तोला १७ सय ५ रुपैयाँ भएको छ। आइतबार तोलाको १७ सय ४० रुपैयाँ थियो।     

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २३६४.९४ डलरले कारोबार भइरहेको छ। यो एकै दिनमा २१.८० डलरले मूल्य घटेको हो। चाँदी प्रति औंस २७.८६ डलर छ।