चीनले एप्पललाई एप स्टोरबाट ह्वाट्सएप र थ्रेड्स हटाउन लगायो, फेसबुक र इन्स्टाग्राम भने उपलब्ध

बिजमाण्डू
२०८१ बैशाख १० गते ११:३५ | Apr 22, 2024
चीनले एप्पललाई एप स्टोरबाट ह्वाट्सएप र थ्रेड्स हटाउन लगायो, फेसबुक र इन्स्टाग्राम भने उपलब्ध
Photo : The New York Times

एप्पलले चीनमा मेटाको ह्वाट्सएप र थ्रेड्स आफ्नो एप स्टोरबाट हटाएको छ। राष्ट्रिय सुरक्षाको लागि भन्दै चीनको इन्टरनेट नियामकको निर्देशनमा एप्पलले सो कार्य गरेको हो।

Tata
GBIME
Nepal Life

‘हामी जुन देशमा संचालित हुन्छौं अहसमत भए पनि हामीले ती देशको कानुन मान्नु पर्छ,’ एप्पलले भनेको छ।

चीनमा मेटाको यी दुवै एप प्रतिबन्धित छन् र धेरै प्रयोग पनि हुँदैनन्। यद्यपि, एप स्टोरमा भने यी एप डाउनलोड गर्न पाइन्थ्यो। अब भने एप्पलले एप स्टोरबाट नै यी एप हटाएको हो।

फेसबुक, एक्स, इन्स्ट्राग्राम र मेसेन्जर जस्ता पश्चिमा पपुलर एपहरु भने अझै एप्पलको चीनको एप स्टोरमा उपलब्ध छन्।