हुन्डीको रकमसहित दुई जना पक्राउ, मनि ट्रान्सफर संचालक पनि प्रहरीको नियन्त्रणमा

बिजमाण्डू
२०८१ बैशाख १० गते १०:१५ | Apr 22, 2024
हुन्डीको रकमसहित दुई जना पक्राउ, मनि ट्रान्सफर संचालक पनि प्रहरीको नियन्त्रणमा

काठमाडौं। हुन्डीको रकमसहित पर्सा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर ६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Tata
GBIME
Nepal Life

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले बारा कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने ‍३८ वर्षीय अर्जुन राउत कुर्मीले पिठ्युमा भिरेको कालो झोलाबाट रकम नियन्त्रणमा लिएको हो।

स्रोत नखुलेको एक हजार दरका नोट १ हजार ९५५ थान, ५०० दरका नोट ५०० थान र १०० दरका नोट ७ समेत गरी जम्मा २२ लाख ५ हजार ७ सय रुपैयाँ बरामद गरेको हो। प्रहरीले  माँ जगदम्बा मनि ट्रान्सफरका संचालक पर्सा विन्दवासिनी गाउँपालिका बस्ने ४३ वर्षीय अजय कुमार साह समेतलाई नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।