विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा, अमेरिकाको पीआर लिएको देखियो

बिजमाण्डू
२०८१ बैशाख ९ गते १३:३९ | Apr 21, 2024
विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा, अमेरिकाको पीआर लिएको देखियो
विकल पौडेल

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ।

Tata
GBIME
Nepal Life

अख्तियारले सार्वजनिक पदमा रहँदा झुटा विवरण पेस गरेको अभियोगमा विकलविरुद्ध आइतबार मुद्दा दायर गरेको हो।

‘सार्वजनिक पदमा हुँदा झुटा विवरण पेस गरेको आरोपमा मुद्दा दायर भएको छ,’ विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले भने।

उनले पदमा बहाल रहँदै अमेरिकाको पीआर लिएको खुलेको छ। पौडेलले यसअघि कुनै पनि देशको पीआर नलिएको दाबी गर्दै आएका थिए।

अख्तियारले विकलविरुद्ध एक वर्षअघि ६९ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यो मुद्दा विचाराधीन छ। उनलाई अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनी माघ १० देखि अख्तियारको हिरासतमा छन्।