सूचना प्रविधिमा नेपालको प्राविधिक प्रोफाइल उकास्न नास-आइटीको प्रयत्न, १६ देशका प्राविधिक सहभागी

बिजमाण्डू
२०८१ बैशाख ९ गते १२:५९ | Apr 21, 2024
सूचना प्रविधिमा नेपालको प्राविधिक प्रोफाइल उकास्न नास-आइटीको प्रयत्न, १६ देशका प्राविधिक सहभागी

काठमाडौं। विश्व प्राविधिक पावरहाउसको रूपमा नेपालको स्थितिलाई सुदृढ पार्न नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सेवा कम्पनी (नास-आइटी) ले ‘नेभिगेटिङ ग्रोथ: स्टार्टअप इकोसिस्टम र एशिया प्यासिफिक विस्तारका लागि रणनीतिहरू’ कार्यक्रम गरेको छ।

Tata
GBIME
Nepal Life

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिनिधि, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, शिक्षाविद्सहित सामेल थिए।

नास-आइटीले सोही अवसरमा एशिया प्रशान्त आइसीटी गठबन्धन (एपीआइसीटीए) एक्सको बैठक नेपालमा पहिलो पटक आयोजना गरेको थियो।

बैठकले एशिया प्रशान्त क्षेत्रमा फैलिएका १६ देशको प्रभावशाली प्राविधिक विज्ञलाई सहभागी गराएको थियो। एपीआइसीटीए सदस्य अर्थतन्त्रबीच प्राविधिक आविष्कार र सहयोगलाई प्रोत्साहन गर्न समर्पित क्षेत्रीय संगठन हो। एपीआइसीटीएमा नास-आइटीको प्रमुख सदस्यताले नेपाललाई विश्वव्यापी प्राविधिक मञ्चमा प्रमुख स्थानमा राखेको जनाएको छ।