वीरेन्द्र तालमा हिमपहिरो खस्यो, बुढीगण्डकी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बिजमाण्डू
२०८१ बैशाख ९ गते १२:०१ | Apr 21, 2024
वीरेन्द्र तालमा हिमपहिरो खस्यो, बुढीगण्डकी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिकामा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ।  

Tata
GBIME
Nepal Life

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८:३० बजेदेखि हिमपहिरो खसेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

हिमपहिरो खसेर एक्कासी तालबाट पानी बाहिर आएर बहाव बढेको महाशाखाले जनाएको छ। त्यसैले गोरखा र धादिङको बुढीगण्डकी नदीको तटीय क्षेत्रमा आज साँझ सम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

गृह मन्त्रालयले पनि बहाब बढेको कारण सतर्कता अपनाउन भनेको छ।

‘बाढीले क्षति गर्ने सम्भावना हुन्छ। बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौं,’ गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए।

वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ। यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ।