धावनमार्ग मर्मतपछि ५३ दिनपछि संचालनमा आयो डोल्पाको जुफाल विमानस्थल

बिजमाण्डू
२०८१ बैशाख ९ गते १०:५३ | Apr 21, 2024
धावनमार्ग मर्मतपछि ५३ दिनपछि संचालनमा आयो डोल्पाको जुफाल विमानस्थल
File Photo

काठमाडौं । धावनमार्ग मर्मत पूरा भएपछि डोल्पाको जुफाल विमानस्थल ५३ दिनपछि संचालनमा आएको छ।

Tata
GBIME
Nepal Life

आज बिहान नेपालगंजबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल संचालन भएको हो।

मूल्य अभिवृद्धि करसहित ६ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए।

धावनमार्गको १८५ मिटर मर्मत गरिएको हो। धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए।

जुफाल डोल्पाको एकमात्र विमानस्थल हो।