पासवर्ड सेयरिङमा कडाइ गरेसँगै नेटफ्लिक्सलाई ३ खर्ब नाफा, थपिए ९३ लाख सबस्क्राइबर

बिजमाण्डू
२०८१ बैशाख ९ गते ०८:४६ | Apr 21, 2024
पासवर्ड सेयरिङमा कडाइ गरेसँगै नेटफ्लिक्सलाई ३ खर्ब नाफा, थपिए ९३ लाख सबस्क्राइबर

सन् २०२४ को पहिलो त्रैमासमानेटफ्लिक्सको नाफा बढेको छ। पासवर्ड सेयरिङमा कडाइ गरेसँगै नाफामा बढोत्तरी भएको हो।

Tata
GBIME
Nepal Life

पहिलो त्रैमासमा १५ प्रतिशतले नेटफिल्क्सको कमाइ बढेको बताइन्छ। पछिल्लो समय नेटफ्लिक्सले पासवार्ड सेयर गर्न नपाउने व्यवस्था सहितको फिचर ल्याएसँगै नयाँ प्रयोगकर्ताहरु थपिएका हुन्। जसले कम्पनीलाई फाइदा पुगेको छ।

नयाँ अकाउन्टहरु थपिएसँगै २.३ बिलियन अमेरिकी डलर (करिब ३ खर्ब रुपैयाँ) नाफा भएको कम्पनीले जनाएको छ।

पहिलो त्रैमासमा ९३ लाख नयाँ सबस्क्राइबर थपिएको नेटफिल्क्सले जनाएको छ। योसँगै नेटफिल्क्सको कूल् सब्स्क्राइबर संख्या २७ करोड पुगेको छ।