एनआरएनएका संस्थापक र अभियन्ताले भेटे प्रधानमन्त्री, अमिरको भ्रमणबारे छलफल

बिजमाण्डू
२०८१ बैशाख ८ गते २१:०० | Apr 20, 2024
एनआरएनएका संस्थापक र अभियन्ताले भेटे प्रधानमन्त्री, अमिरको भ्रमणबारे छलफल

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा अभियन्ताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। संस्थापक उपाध्यक्ष देवकाजी डंगोलसहित अभियन्ता राजेन्द्रकुमार शर्मा (आरके) र खगेन्द्र न्यौपानेले प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन्।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री निवासमा भएको भेटमा डंगोलले कतारी अमिरको आसन्न भ्रमणका विषयमा उठाउनुपर्ने विषयमा सुझाव दिए। डंगोल कतारमा व्यवसाय गर्ने पहिलो नेपाली हुन्।

यस्तै कतारमा दुई दशकदेखि व्यवसायमा सक्रिय रहेका तथा गैरआवासीय नेपाली अभियन्ता आरके शर्माले अमिरसँग लगानीका विषयमा नेपालले उठाउनुपर्ने विषयमा सुझाव दिएका थिए।

नेपाल र कतारबीच कूटनीतिक सम्बन्धपछि अमिर शेख तमिम बिन हमाद अल थानी पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका छन्।

प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई नेपाल आउने र लगानी सम्मेलन सफल बनाउन आग्रह गरेका थिए।