सा‌ओमी स्मार्टफोन बेच्ने वत्सल इम्पेक्सको व्यापार झण्डै २ अर्बले घटेर सवा ३ अर्बमा सीमित

बिजमाण्डू
२०८० चैत्र २० गते १८:११ | Apr 2, 2024
सा‌ओमी स्मार्टफोन बेच्ने वत्सल इम्पेक्सको व्यापार झण्डै २ अर्बले घटेर सवा ३ अर्बमा सीमित

काठमाडौं। साओमीका उत्पादन बिक्री गर्ने वत्सल इम्पेक्सको व्यापार झण्डै २ अर्ब रुपैयाँले घटेको छ। कम्पनी काठमाडौं उपत्यकाका लागि सा‌ओमी स्मार्टफोनको आधिकारिक वितरक हुनुका साथै स्मार्टवाच (टीआइसी वाच र फिटबिट)समेत बिक्री गर्छ।

Tata
GBIME
Nepal Life

कम्पनीले सन् २०२२/२३ मा ३ अर्ब १६ करोड रुपैयाँको व्यापार गरेको छ। जबकि अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीले ५ अर्ब रुपैयाँमाथिको कारोबार गरेको थियो। यस्तै, कम्पनीले २०२०/२१ मा ५ अर्ब ४४ करोड रुपैयाँको कारोबार गरेको थियो।

शारडा समूहको लगानी रहेको कम्पनीका अध्यक्ष विनितकुमार शारडा हुन् भने नितेशकुमार मुङ्गडा प्रबन्ध निर्देशक हुन्।

कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट एनपी एथ्री रेटिङ पाएको छ।