
काठमाडौं। सर्वोत्तम सिमेन्टको आइपीओ पाएका लगानीकर्ताहरु नाफा बुकिङतिर लागेका छन्। नाफा बुकिङले बिक्री चाप बढेपछि कम्पनीको सेयर मूल्य लगातार दोस्रो दिन घटेको छ।
लगातार सातौं पोजेटिभ सर्किट लागेर प्रति कित्ता १,०८३ रुपैयाँ पुगेको कम्पनीको सेयरमा आइतबार नेगेटिभ सर्किट लागेकामा सोमबार ३.४४ प्रतिशतको गिरावट आएको छ।
सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रति कित्ता ९४१ रुपैयाँमा झरेको छ। यो कम्पनीका लगानीकर्ताले सोमबार ५ लाख १४ हजार ४११ कित्ता सेयर बेचेका छन्।
बजारमा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएकामा सर्वोत्तम सिमेन्टको मात्र ४७ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो। यो भनेको कुल कारोबारमा सर्वोत्तमको हिस्सा १६ प्रतिशत भन्दा धेरै हो।
नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२ विन्दु कायम हुँदा १५१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा रिभर फल्स पावर कम्पनीका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
गुराँस लघुवित्त र माइखोला हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन्। यी दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।